विदेश जानेहरुलाई खोप लगाएको प्रमाणीकरण निःशुल्क रुपमा गर्नू : मन्त्रालय

 साउन १७, २०७८ आइतबार १५:५७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारी, अध्ययन लगायत अरु काममा विदेश जानेहरुलाई खोप लगाएको प्रमाणीकरण निःशुल्क गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित अस्पताललाई निर्देशन दिएको छ । 

साउन ७ गतेको मन्त्रालयको निर्णयले खोप लगाएको प्रमाणीकरण गर्नको लागि उपत्यकाका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, पाटन अस्पताल र सशस्त्र प्रहरी अस्पताल गरी चार अस्पताल तोकेको थियो । 

तर निःशुल्क खोप प्रमाणीकरण गर्ने निर्देशन हुँदा पनि केही अस्पतालहरुले शुल्क लिने गरेको गुनासो प्राप्त भएको भन्दै त्यसो नगर्न मन्त्रालय अन्तर्गत स्वास्थ्य समन्वय महाशाखाले आइतबार सूचना जारी गरेको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया