नयाँ सरकार गठनको माग गर्दै लुम्बिनीका बहुमत सांसदले प्रदेश प्रमुखलाई निवेदन बुझाए

 साउन १८, २०७८ सोमबार १३:४४:४९ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – लुम्बिनी प्रदेश सभाका विपक्षी दलहरूले बहुमतको सरकार गठन गर्न माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनलाई निवेदन बुझाएका छन् । 

प्रदेश सभामा प्रतिनिधित्व गर्ने चार वटा विपक्षी दल, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा संसदीय दलका नेताले ४१ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखलाई निवेदन बुझाएका हुन् । 

विपक्षी दलहरूले संविधानको धारा १६८ (२) अनुसारको बहुमतको सरकार गठनका लागि माग गरेका छन् । निवेदनमा प्रदेश सभामा अहिले कायम रहेका ८० सांसदमध्ये नेपाली कांग्रेसका १९ जना, माओवादी केन्द्रका सभामुखबाहेक १८ जना, जनता समाजवादी पार्टीका तीन जना र राष्ट्रिय जनमोर्चाका एक जना गरी ४१ जनाको हस्ताक्षर छ । 

विपक्षी दलहरूले मुख्यमन्त्री शङ्कर पोखरेलले बहुमत गुमाएका कारण संविधानअनुसार बहुमतको सरकार गठन हुनुपर्ने माग गरेका छन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया