भारतलगायतका देशबाट फूलकाे अवैध आयात राेक्न माग गर्दै व्यवसायी सडकमा आए

 साउन २०, २०७८ बुधबार २०:१९:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अवैैध तथा अनियन्त्रित ढङ्गले पुष्प तथा पुष्पजन्य वस्तु आयात गर्ने काम रोक्न नसकेको भन्दै पुष्प व्यवसायीले सरकारको चर्को विरोध गर्दै र्‍याली निकालेका छन् ।

फ्लोरिकल्चर एसाेसिएशन नेपाल र नर्सरी तथा पुष्प उत्पादक किसान सङ्घको आह्वानमा अवैध तथा अनियन्त्रित ढङ्गले पुष्प तथा पुष्पजन्य वस्तु आयात गर्ने काम रोक्न नसकेको भन्दै व्यवसायीहरूले सरकारविरुद्ध र्‍यालीसहितको प्रदर्शन गरेका हुन् ।

बुधवार दिउँसो ललितपुरको मानभवनमा विरोध प्रदर्शनमा उत्रिएका उनीहरूले आफूहरूको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गर्दै ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई ज्ञापन पत्रसमेत बुझाएका छन् । 

ज्ञापन पत्रमा अवैध ढङ्गले कर छलेर नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुहरु आयात गर्नेमाथि कडा कारबाही गर्न पनि सरकारसँग माग गरिएको एसाेसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिनुभयो । उहाँले कोरोनाका कारण थला परेको नेपालको पुष्प व्यवसायलाई सरकारले बेवास्ता गरेको भन्दै आक्रोशसमेत व्यक्त गर्नुभयो ।

​सरकाले स्वदेशी पुष्प व्यवसायको विकास र प्रवर्द्धनका लागि योजना ल्याउन नसकेको, भारतलगायतका देशबाट आयातित अवैध पुष्प व्यापारलाई नियन्त्रण गर्न नसकेकाे सरकारले नसकेकोमा पुष्प व्यवसायीहरूको आक्रोश छ । पुष्प व्यवसायमा नेपाल आत्मनिर्भर हुन सक्ने अवस्था हुँदाहुँदै पनि सरकारले त्यस खालको वातावरण बनाउने काम नगरेको उनीहरूकाे आरोप छ ।

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया