सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
लमजुङ – हिमाली जिल्ला मनाङ र लमजुङ जोड्ने बेसीसहर–चामे सडक बन्द भएकाे भएकाे छ । मनसुन सुरु भएयता वर्षासँगै आएको बाढीले क्षति पुर्याउँदा याे सडक खण्ड बन्द भएको हो ।
अहिले बेसीसहरदेखि मनाङको शिरानतालसम्म गाडी सञ्चालन भए पनि चामेसम्मकाे सडक बन्द भएकाले शिरानतालदेखि मनाङका अन्य क्षेत्रमा सामान ढुवानी गर्न सकिएको छैन । झन्डै दुई महिनासम्म सडक बन्द हुँदा मनाङमा चामल, दाल र खाना पकाउने ग्यास लगायतका दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको छ ।
बाढी प्रभावितहरूले अहिले हेलिकप्टरमार्फत आएको राहतले गुजारा चलाइरहेका छन् । बजारमा खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुको अभाव भएकाले त्यहाँ रहेका कर्मचारी, मजदुरलाई समेत समस्या भएको छ ।
बाढीले विभिन्न लघु जलविद्युत् आयोजनामा क्षति पुर्याएकाले लामो समयदेखि यहाँ विद्युत् सेवा पनि बन्द छ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।