पहाडी क्षेत्र र काठमाण्डाै उपत्यकामा चर्को महँगी
जेठ २६, २०८० शुक्रबार
धादिङ – पहिराेका कारण त्रिभुवन राजपथ अन्तर्गत नौबिसे–नागढुङगा सडकखण्ड अवरुद्ध भएको छ । सिस्नेखोला र खत्रीपाैवा बीचको भागमा सडकमाथिबाट आएकाे पहिराेले सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानिखोलाका प्रहरी प्रमुख रुपा थापाले बताउनुभयाे ।
लगातार पानी परिरहेका कारण पहिरो हटाउन केही समय लाग्ने प्रहरीले जनाएको छ । पहिरोमा फसेको ना २ ख ८३५३ नम्बरको ट्रक त्यहाँबाट निकालिएको छ । सडक फराकिलो पार्ने क्रममा पहिरो आएकाे हाे ।
धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।