अफगानिस्तानबाट बुधवार दिउँसाेसम्म दुई सय ८८ नेपाली काठमाण्डाै आइपुगे

 भदौ २, २०७८ बुधबार २०:१०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अफगानिस्तान तालिबान समूहले नियन्त्रणमा लिएपछि त्यहाँ रहेकामध्ये दुई सय ८८ जना नेपाली स्वदेश आइपुगेका छन् । हिजो मङ्गलवार बिहान एक सय १८ जना, राति ८४ जना, आज बुधवार बिहान ६५ जना र दिउँसो २५ जना गरी दुई सय ८८ जना काठमाण्डाै आइपुगेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले विज्ञप्ति निकालेर अफगानिस्तानबाट नेपाली फर्काउने काम भइरहेको भन्दै आफ्नो विवरण मन्त्रालयको वेबसाइटमा दर्ता गराउन आग्रह गरेको छ ।

अहिलेसम्म दुई सय ९६ जनाले नाम दर्ता गराएकोमा नाम दर्ता गराएकामध्ये १६ जनालाई नेपाल ल्याइएको र बाँकीलाई ल्याउने प्रक्रिया चलिरहेको विज्ञप्तिमा उल्लेख छ ।  

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया