जलविद्युत् कम्पनीको शेयर किन्दा सजग रहन आग्रह, १५ वटा पक्ष हेर्न आयोगको सुझाव

 भदौ ३, २०७८ बिहीबार १४:२५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जलविद्युत् कम्पनीको शेयरमा अस्वाभाविक मूल्य वृद्धि गराइएको हुन सक्ने भन्दै विद्युत् नियमन आयोगले सजग रहन लगानीकर्तालाई आग्रह गरेको छ । 

गलत क्रियाकलाप भएकै कारण जलविद्युत् समूहको शेयरमा अस्वाभाविक मूल्य वृद्धि भइरहेको भन्ने गुनासा र सूचनाप्रति ध्यानाकर्षण भएको भन्दै आयोगले शेयरमा लगानी गर्नुअघि कम्पनीको विस्तृत विवरण हेर्न र खतराको विश्लेषण गर्न पनि अनुरोध गरेको छ । 

सूचीकृत कम्पनीले जानकारी र विवरण सार्वजनिक गर्दा सत्य र र निष्पक्ष जानकारी सार्वजनिक गर्नुपर्ने र जानाजान लगानीकर्तालाई झुक्याउने, बहकाउने र त्रुटिपूर्ण सूचना प्रवाह गर्ने प्रवर्द्धक तथा उत्पादन कम्पनीविरुद्ध कारबाही गरिने आयोगले चेतावनी दिएको छ ।   

शेयरले दिन सक्ने प्रतिफल, कम्पनीका वित्तीय अवस्थालगायतको ख्याल गरेर मात्रै लगानी गर्न विद्युत् नियमन आयोगको आग्रह रहेको छ । आयोगले विभिन्न १५ वटा पक्षको मूल्याङ्कन गरेर मात्रै लगानी गर्न सुझाव दिएको छ ।  

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया