धानबालीमा ब्लास्ट तथा जरा कुहिने समस्या

 भदौ ६, २०७८ आइतबार ८:४३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - धानबालीमा रोगकिराको समस्या देखिन थालेको छ । काठमाण्डौको चन्द्रागिरिमा धानमा ब्लास्ट रोग देखिएको छ । त्यस्तै धादिङ र काभ्रेमा जरा कुहिने रोगले सताएको छ ।

ब्लास्ट रोग देखिएका क्षेत्रमा अनुगमन गरि विषादी र औषधि सिफारिस गरेको चन्द्रागिरि नगरपालिकाको कृषि शाखाका प्रमुख रामप्रसाद न्यौपानेले बताउनुभयो । ब्लास्ट रोग ढुसीजन्य रोग हो । धानको बेर्ना तथा बालामा लाग्ने रोगमध्ये ब्लास्ट प्रमुख मानिन्छ ।

ब्लास्ट रोग लाग्दा पातमा स–साना सेतो टिका, खैरा थोप्ला देखिने राष्ट्रिय बालीरोग विज्ञान अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक सुरज वैद्यले बताउनुभयो । धानबालीमा यो बेला विभिन्न समस्या देखिन थालेको र रोग लागेका ठाउँमा सकेसम्म लक्षण देखिएका बिरुवा हटाउन तथा प्राविधिकको सल्लाहमा विषादीको प्रयोग गर्न उहाँको सुझाव छ ।

अघिल्लो वर्ष पनि मोरङ, सुनसरी, झापालगायत जिल्लामा धानको ब्याडमा ब्लास्ट रोग देखिएको थियो । बिउबाट समेत रोग सर्ने भएकाले अघिल्लो वर्ष रोग देखिएका ठाँटका बीउ उपचार नगरि प्रयोग गर्दा फैलने सम्भावना बढी हुने गरेको विज्ञले बताएका छन् ।

खाद्यतत्वको कमी तथा हाइब्रिड धानमा मलको कमीले पनि धानमा समस्या देखिएको हुनसक्ने विज्ञले बताएका छन् । ब्लास्ट तथा जरा कुहिने रोगले सताएका ठाउँमा मल/विषादीको प्रयोग गर्दा पानी कटाउन र एक/दुई दिन पानी नदिन पनि वरिष्ठ वैज्ञानिक वैद्यको सुझाव छ ।

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया