अचम्मै भो ! सिन्धुपाल्चोकमा दियो गोरुले दूध ! भिडियाेसहित

 भदौ १५, २०७५ शुक्रबार १३:१२:१७ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक – मानिसहरुले भन्ने गरेको त सुनेकै हो ‘भाग्य बलियो भयो भने गोरु पनि ब्याउँछ ।’ गोरु ब्याएको त देखिएको छैन, तर पछिल्लो पटक गोरुले दूध दिएको भनिएको सुनिएको छ । हेलम्बु गाँउपालिका वडा नम्बर –६, इचोकको पुरानागाँउका सोनाम तामाङको गोरुले दैनिक दूध दिँदै आएको छ । 

तामाङको गोरुले दैनिक बिहान बेलुका गरेर एक मानाभन्दा बढी दूध दिइरहेको छ । अहिले गाँउलेहरु र हेर्न जानेहरुले गोेरुको दूध प्रसाद भनेर खाइरहेका छन् । यो भन्दा अगाडि कहिँ कतै नदेखेको र नसुनेको यो घटनाले सबैलाई चकित बनाएको छ । तर गोरुधनी तामाङ भने दङ्ग पर्नुभएको छ । अहिले उहाँको घरमा गोरुले दूध दिएको हेर्न विभिन्न ठाउँबाट आउने मानिसहरुको भिडभाड नै लाग्ने गरेको छ । 

तामाङका अनुसार गएको जेठ महिनाबाट गोरुको अण्डकोश छेउमा रहेका थुनहरु बढेको हो । थुन बढेको केही समयपछि गोरुको थुनबाट दूधको थोपा खसेको थियो । त्यसपछि तामाङले दूध हो कि भनेर परीक्षण गरेपछि चारमध्ये २ वटा थुनहरुमा दूध आउने गरेको छ । तामाङका अनुसार अहिने हेर्न आउने सबैले शिवजीको वाहन भनेर पूजा गर्ने गरेका छन् । 

गोरुको दूध अन्य गाईको भन्दा फरक छैन् । रातो र कालो रङ्ग मिसिएको यो गोरु एक वर्षअघि तामाङ परिवारले किनेर ल्याएको हो । गोरुले चमत्कार नै गरेको तामाङ परिवारको भनाई रहेको छ । गोरुले दूध दिएको हेर्न पुग्नुभएका गाँउपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पनि गोरुले सबैलाई चकित बनाएको बताउनुभयो । 
स्वास्थ्यकर्मीहरु भने हर्मोन गडबढका कारण गोरुको दूध आएको हुनसक्ने बताँउदै आएका छन् । हेलम्बु पशु सेवा कार्यालयका प्रमुख टोपबहादुर बराल भने हर्मोनको कारण यस्तो हुनसक्ने भए पनि ठ्याक्कै यही नै हो भन्ने स्थिति नभएको बताउनुहुन्छ । 

गोरुले दूध दिनु विज्ञानसम्मत नभएको वरिष्ठ पशु चिकित्सक डाः शरदसिंह यादवले बताउनुभयो । यस्तो घटना हालसम्म आफूलाई थाहा नभएको र गोरुले दूध दिनु अनुसन्धानको विषय बनेको उहाँको भनाई छ । यसको बारेमा विस्तृत रुपमा अध्ययन र अनुसन्धान गरेपछि मात्र यही हो भन्न सकिने उहाँको भनाई छ । 

हेर्नुहाेस् भिडियाे

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

9 Comments

  • Raj

    June 13, 2020, 10:24 p.m.

    हैन.... दुहुन जाने पो कस्ता त ! 🤔

  •  0 Reply
  • Dr Dirgha Nath Dhungana

    May 31, 2019, 10:16 a.m.

    अस्वभाविक विभिन्न कारण शरीरमा हर्मोन को असन्तुलन खासगरि estrogon, progestoron र oxytocin आदिको असन्तुलित वृद्धिले यदाकदा लाखौंमा एकमा भाले स्तनधारिले यस्तो प्रकारको घटना देखाउने गर्छन।तर यो बेबसायिक हुदैन

  •  1 Reply
  • रबिन सुब्बा

    Sept. 3, 2018, 9:05 a.m.

    केपी काकाको पालामा अचम्मै भएछ त ???

  •  0 Reply
  • Kamala thapa

    Sept. 2, 2018, 3:02 p.m.

    यो त अचम्म पो भो त हौ /

  •  0 Reply
  • भगवान घिमिरे

    Sept. 2, 2018, 12:04 p.m.

    थारैमा बस्यो मालीमा गाइ ,गोरु त ब्यायो रे नेपालि कांग्रेस पार्टीले बहुमत ल्यायो रे भन्ने गित प्रजातन्त्रको पहिलो निर्बाचन पछीको गाइजात्रा मा सुनेको हो तर आज सांचै नै गोरुले दुध पो दिएछ ! असम्भब कुराको रुपमा लिईने यो उखान पनि फेल खायो यो देख्दा !

  •  0 Reply
  • nirajan bikram shahi

    Sept. 1, 2018, 8:47 p.m.

    खोई के हुंदैछ यहाँ ? मलाई त यो चमत्कार भए जस्तो छ /

  •  0 Reply
  • Anil

    Sept. 1, 2018, 10:59 a.m.

    उसो भए अब दुधको मूल्य कम हुन्छ होला /

  •  0 Reply
  • ramesh

    Sept. 1, 2018, 9:34 a.m.

    एकचोटि जचौने हो कि ? हामीले दुध भनेको कहिँ अर्कै हो कि ?

  •  0 Reply
  • सबिस पोखरेल

    Aug. 31, 2018, 9:51 p.m.

    पशुपति क्षेत्र बिकास कोष लाई जिम्मा लगाउनु पर्यो । विश्व ले हेरोस न दूध दिने गोरु ।

  •  0 Reply

तपाईको प्रतिक्रिया