भारतले कोभिशिल्ड खोप उपलब्ध गराउने स्वास्थ्य राज्यमन्त्रीको विश्वास

 भदौ १०, २०७८ बिहिबार १४:४२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले भारतले कोरोनाविरुद्धको कोभिशिल्ड खोप उपलब्ध गराउनेमा विश्वास व्यक्त गर्नुभएको छ । भारत सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि अक्सिजन प्लान्ट हस्तान्तरण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको कार्यक्रममा मन्त्री श्रेष्ठले भारतले कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य सामग्री सहयोग गर्दै आएको र थप खोप पनि छिट्टै उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो ।

राज्यमन्त्री श्रेष्ठले भन्नुभयो, ‘यसले अक्सिजन आपूर्ति साथसाथै अक्सिजनको अभावलाई ठूलो सहयोग पुग्नेछ भन्ने विश्वास लिएको छु । त्यसका साथै कोभिड १९ नियन्त्रणका लागि भारत सरकारले विशेष गरेर हामीलाई खोप सहयोग उपलब्ध गराइदिएर र धेरै सामग्रीहरू दिएर ठूलो सहयोग गरेकाे छ । भारत सरकारप्रति हामी आभारी छौँ । आउँदा दिनमा पनि अझै सहयोग पाउने अपेक्षा राखेका छौँ । आउँदा दिनमा कोभिशिल्ड खाेप उपलब्ध गराए हामीलाई सहज हुन्छ ।’

काेभिशिल्ड खोप उपलब्ध गराए कोरोना सङक्रमण नियन्त्रणमा थप सहयोग पुग्ने उहाँको भनाइ छ । नयाँ सरकार बनेको एक महिनामा झन्डै ५० लाख खोप लगाइसकेको पनि मन्त्री श्रेष्ठले बताउनुभयो । उहाँले १८ प्रतिशतलाई खोपको पहिलो मात्रा र १३ प्रतिशत नागरिकलाई दोस्रो मात्रा लगाइसकिएको जानकारी दिनुभयो ।

अक्सिजन प्लान्ट हस्तान्तरण कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले कोभिड १९ सङ्क्रमणका बेलामा अक्सिजन प्लान्टको आवश्यकता पर्ने भन्दै नेपाल र भारत छिमेकी देश भएका नाताले आपसमा निर्भर भएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मेडिकल प्रोसेसका लागि अक्सिजन प्लान्ट इन्फास्ट्रक्चरको आवश्यक छ । नेपाल र भारत छिमेकी देश हुन् । नेपाल र भारतले एक अर्कामा निर्भर भएर काम गर्नुपर्छ । कोरोनाको दोस्रो लहरको बेला पनि हामीले केही सहयोग गरेका थियौँ र अब पनि गर्नेछौँ ।’

राजदूत क्वात्राले कोभिड १९ नियन्त्रणका लागि नेपाल सरकारलाई आउँदा दिनमा पनि सहयोग गर्न भारत सरकार तयार रहेको बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया