कृषि वैज्ञानिक समाजको अध्यक्षमा श्रीमत श्रेष्ठ चयन

 भदौ ११, २०७८ शुक्रबार ८:४७:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सोसाइटी अफ एग्रीकल्चर साइन्टिस्ट नेपाल (सास) को अध्यक्षमा डा.श्रीमत श्रेष्ठ सर्वसम्मतले निर्वाचित हुनुभएको छ ।

ललितपुरको खुमलटारमा सम्पन्न अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा डा.बालकृष्ण जोशी, महासचिवमा डा.कृष्णप्रसाद तिम्सिना, सचिवमा (प्रशासनतर्फ) डा.ध्रुवराज भट्टराई, (समन्वयतर्फ) डा.घनश्याम भट्टराई र आर्थिक व्यवस्थापनतर्फ डा.सुवास सुवेदी चयन हुनुभएको छ ।

यस्तै कोषाध्यक्षमा सुदीप सुवेदी, सदस्यहरुमा डा.शोभा श्रेष्ठ, जीवन श्रेष्ठ, डा.मीरा प्रजापति र डा.विवेक सापकोटा निर्वाचित हुनुभएको छ । कृषि वैज्ञानिकहरुको संस्था सास विगत ८ वर्षदेखि निष्क्रिय थियो ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया