नवलपरासी : पहिरोमा हराइरहेका तीन जनाको खोजी हुँदै, थप ५० जना सुरक्षाकर्मी खटाइने

 भदौ १२, २०७८ शनिबार १०:४७:५२ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी - नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको हुप्सेकोट गाउँपालिकामा पहिरोमा बेपत्ता तीन जनाको आज बिहानैदेखि खोजी थालिएको छ । 

बेपत्ता भएका तीन जनाको हिजोदेखि नै सुरक्षाकर्मीको टोलीले खोजी थालेको थियो ।  हुप्सेकोट गाउँपालिका–४ का हर्कबहादुर पुलामीकी श्रीमती धनमाया पुलामी, नातिनीहरू भूमिसार पुलामी र देउमाया पुलामीको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख एसपी प्रकाश मल्लले शुक्रवार दिनभरि सुरक्षाकर्मी र स्थानीयले खोजी गरे पनि पहिरोमा पुरिएर बेपत्ता भएकाहरु फेला नपरेको बताउनुभयो । खोजी कार्यका लागि अहिले सात जना सुरक्षाकर्मीको टोली घटनास्थलमा रहेको प्रमुख मल्लले बताउनुभयो ।

पहिरोमा परि बेपत्ताको खोजीका लागि थप प्रहरी परिचालन गर्न लागिएको उहाँले बताउनुभयो । आज दिउँसो थप ५० जना सुरक्षाकर्मीको टोली पहिरोमा पुरिएकाको खोजीका लागि पठाउने तयारी गरिएको मल्लले बताउनुभयो। 

बिहीवार राति अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर हुप्सेकोट गाउँपालिका-४ माथिल्लो चार घरेका एकै परिवारका  तीन जना बेपत्ता भएका थिए । हस्तबहादुरको भने स्थानीयले उद्धार गरेका थिए । 

अन्तिम अपडेट: चैत २४, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया