नारायणघाट-मुग्लिन सडक खण्ड दुईतर्फी खुल्यो : नवलपरासी खण्ड पनि एकतर्फी सञ्चालन

 भदौ १२, २०७८ शनिबार १२:१३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - नारायणघाट मुग्लिन सडक खण्ड दुईतर्फी रुपमा नै सञ्चालनमा आएको छ । गएराति १७ किलोमा सडक भासिएपछि एकतर्फी मात्र सञ्चालन भएको सडक अहिले दुईतर्फी नै सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

लगातार पानी परेर सडक भासिएपछि सडकमाथिबाट डाइभर्सन बनाएर एकतर्फी मात्रै गाडी आवतजावत गर्दा १७ किलो आसपासको क्षेत्रमा जाम थियो । अहिले भने गाडीहरु गन्तव्यतर्फ लाग्न थालेकाले जाम कम भएको छ ।

पूर्व-पश्चिम राजमार्गको पश्चिम नवलपरासीको दाउन्नेमा पहिरो र बर्दघाटमा नदीले कटान गरेका कारण बन्द सडक भने एकतर्फी खुलेको छ । कटान गरेको ठाउँमाथिबाट बाटो बनाएपछि अहिले एकतर्फी रुपमा गाडी सञ्चालनमा आएका जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । 

यस्तै कर्णाली राजमार्ग अन्तर्गत चामुण्डा बिन्द्रासैनी नगरपालिका-७ चिसापानीमा गएको पहिरो अझै हटाइएको छैन । पानी परिरहेकाले पहिरो हटाउन समस्या भएकाले बिन्द्रासैनी नगरपालिका आसपासका क्षेत्रमा गाडी चल्न सकेका छैनन् । 

यस्तै डोटीको बुडर–जोरायल सडक खण्ड २४ घण्टापछि सञ्चालनमा आएको छ । हिजो बिहान जोरायल गाउँपालिका–२ बिछल खोला नजिकै पहिरो खस्दा बन्द भएको यो सडक आज बिहानदेखि सञ्चालनमा आएको हो ।

बुडर–जोरायल सडक खण्ड सञ्चालनमा आए पनि दिपायल–गड्सेरा, वीपीनगर–निरौली लगायतका सडक भने अझै बन्द रहेका छन् । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया