आउँदो सोमबारसम्मै देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

 भदौ १२, २०७८ शनिबार १७:३०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अझै केही दिन मनसुन सक्रिय रहने भएकोले देशभर पानी पर्ने मौसमविद्ले बताएका छन् । अहिले तराई  नजिक रहेको मनसुन न्यून चापीय रेखा अझै केही दिन रहने भएकोले आउँदो सोमबारसम्म पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

केही ठाउँमा दिउँसोपख केहीबेर घाम लागे पनि देशका धेरैजसो ठाउँमा बादल लागेर सामान्यदेखि मध्ययम खालको वर्षा हुने र केही ठाउँमा ठूलो वर्षाको पनि सम्भावना रहेको उहाँले बताउनुभयो । सामान्यतया न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक आउँदा केही दिनमै भारततर्फ सर्ने गरेको भए पनि यस वर्ष केही लामो समय रहेकोले लगातार पानी परिरहेको मानन्धरले बताउनुभयो ।

मंगलवार देशका धेरैजसो ठाउँमा घाम लाग्ने र मंगलवार रातिदेखी नै फेरि मनसुन सक्रिय भइ केही दिन देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानूमान् महाशाखाले जनाएको छ । महाशाखाका अनुसार विशेषगरी प्रदेश १ मा दैनिकजसो बदली र धेरै ठाउँमा पानी पर्ने सम्भावना देखिन्छ भने बाँकी प्रदेशमा पनि मौसम बदली भएर सामान्य र मध्ययम देखि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

निरन्तर पानी पर्दा बाढी, पहिरो, डुबान लगायतको समस्या हुने भएकोले सचेत रहन मौसम पूर्वानूमाान् महाशाखाले आग्रह गरेको छ । 
 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया