नवलपुर पहिरो अपडेट : बेपत्ता तीनै जनाको शव फेला

 भदौ १२, २०७८ शनिबार १७:५३:५९ | दयाराम आचार्य
unn.prixa.net

फाइल तस्बिर

नवलपरासी – पहिरोमा परि बिहीबार रातिदेखि बेपत्ता तीन जनाको शव फेला परेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको हुप्सेकोट गाउँपालिका ४ को माथिल्लो चार घरेमा अविरल वर्षाका कारण शुक्रबार बिहान २ बजेको समयमा  पहिरोमा परि बेपत्ता तीनै जनाको शव शनिबार दिउँसो तीन बजे फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका सूचना अधिकारी मधुसुदन सिंहले बताउनुभयो ।

शुक्रबार दिनभरि सुरक्षाकर्मी सहित स्थानीयले खोजी गर्दा समेत पहिरोमा परेका फेला नपरेपछि आज ५० जना थप सुरक्षाकर्मी परिचालन गरिएको थियो । 

पहिरोमा पुरिएका एकै घरका तीन जना बेपत्ता भएका थिए । हुप्सेकोट –४, माथिल्लो चारघरेका हस्तबहादुर पुलामीकी श्रीमती ४० वर्षीया धनमाया पुलामी, नातिनीहरू ७ वर्षीया भूमिसरा पुलामी र ६ वर्षीया देउमाया पुलामी राति सुतिरहेको समयमा  एक्कासि आएको पहिरोमा परि बेपत्ता भएका थिए । हस्तबहादुर पुलामीको भने घाइते अवस्थामा उद्धार गरिएको थियो । 

अन्तिम अपडेट: चैत २६, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया