धादिङको गजुरीमा करेन्ट लागेर दुई जनाको ज्यान गयाे

 भदौ १४, २०७८ सोमबार १२:२०:५२ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - धादिङको गजुरी गाउँपालिका वडा नं ५ बञ्चरेमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ ।

रुख ढलेर छिनेको तार बनाउने क्रममा स्याङ्जाका २७ वर्षीय विमल परियार र पोखरा महानगरपालिकाका २४ वर्षीय उमाकान्त बराललाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

उनीहरुको शव गजुरी अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया