नवलपरासी बर्दघाट सुस्तापूर्व सडक खण्डमा नियमित गाडी चल्न सुरु

 भदौ १७, २०७८ बिहिबार ११:४०:४२ | दयाराम आचार्य
unn.prixa.net

फाइल फाेटाे

नवलपरासी - पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दघाट सुस्तापूर्व सडक खण्डमा नियमित गाडी चल्न थालेका छन् ।

गएको बिहीवार नवलपुरको गैँडाकोट-२३ स्मृति नजिक बाढीले डाइभर्सन बगाए पछि बन्द भएको सडक खण्ड सोमवारदेखि एकतर्फी खुलाइएको थियो। आजदेखि भने दुईतर्फी नै गाडी चल्न थालेकाे ट्राफिक प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी पदम बढुले जानकारी दिनुभयो ।

गाडी वारपारका लागि नयाँ डाइभर्सन बनाए पनि पानी परिरहेकाले हिलो जम्दा दुईतर्फी गाडी चलाउन सकिएको थिएन । अहिले दुईतर्फी नै गाडी चल्न थाले पछि जाम घट्न थालेको छ ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया