पाटनको संस्कृति र सम्पदा संरक्षणको लागि अक्षयकोष स्थापनाको तयारी

 भदौ २०, २०७८ आइतबार १६:२२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – पाटनको संस्कृति तथा सम्पदा संरक्षणमा लामो समयदेखि काम गर्दै आएको मङ्गलटोल सुधार सङ्घले अक्षयकोष खडा गर्ने भएको छ ।

पाटनमा मनाइने मुख्य पर्वमा स्वयंसेवक परिचालन र व्यवस्थापनका लागि कोेष स्थापना गर्न लागेको सङ्घका अध्यक्ष किरणमान प्रधानले बताउनुभयो । पाटन दरबार परिसरमा रहेको कृष्ण मन्दिरमा हरेक वर्ष भदाै कृष्णअष्टमीका दिन मनाइने कृष्णजात्रा,  नवमीका दिन पाटनको टोलटोलमा मनाइने कृष्ण पूजाका साथै मङ्गलबजारको भीमसेनको खटजात्रा लगायतमा जनशक्ति परिचालन गर्दा लाग्ने खर्च जुटाउन ललितपुर महानगरपालिका–१६ बाट पाँच लाख रुपैयाँ सहयोग प्राप्त भएपछि कोष खडा गर्न लागेको उहाँले बताउनुभयो ।

कोष खडा गरेपछि पर्वमा स्वयंसेवक खटाउन व्यक्ति–व्यक्तिसँग गएर आर्थिक सहयोग माग्नुपर्ने समस्या समाधान हुनेछ । पाटन काठमाण्डाै उपत्यकाका तीन शहरमध्ये सबैभन्दा पुरानो र रमणीय क्षेत्र हो । पाटनमा प्रत्येक वर्ष देशकै लामो मच्छिन्द्रनाथ रथयात्रा अनि भोटो देखाउने जात्रा, कात्तिक नाच, कुम्भेश्वरमा मेला लगायत मनाइने गरिन्छ । पाटन दरबार क्षेत्रलाई युनेस्कोले विश्व सम्पदा क्षेत्रमा घोषणा गर्नाका साथै विश्व हस्तकला परिषद्ले ३५औँ कला नगरी समेत घोेषणा गरेको छ ।
 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया