दशैंसम्म ३३ प्रतिशत जनसंख्यालाई खोप लगाइसक्ने सरकारको दाबी

 भदौ २०, २०७८ आइतबार १७:११:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सरकारले आउँदो दशैं सम्ममा ३३ प्रतिशत मानिसलाई कोरोना विरुद्धको खोप लगाइसक्ने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आउँदो दशैंसम्म ३३ प्रतिशत मानिसलाई पूर्ण खोप लगाइसक्ने योजना रहेको बताउनुभयो ।

अहिलेसम्म एक करोड ३३ लाख मात्रा खोप नेपाल आइपुगेको र दशैंसम्म त्यो संख्या दुई करोड पाँच लाख पुर्याउने उहाँले बताउनुभयो । राज्यमन्त्री श्रेष्ठले  सरकारले चीनसँग खरिद गरेको थप ४४ लाख डोज कोराेना विरुद्धको भेरोसेल खोप एक हप्तादेखि १० दिनभित्र ल्याउने पनि बताउनुभयो ।

त्यस्तै, १८ वर्षमुनिका बालबालिकालाई दिन ४० लाख डोज मोर्डना खोपको पनि टुंगो लागिसकेको र बाँकी ६० लाख डोज फाइजरको खोप ल्याउने प्रक्रिया अघि बढाइएको पनि उहाँले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया