अप्टिकल फाइबर तार काटिएपछि कर्णालीमा नेपाल टेलिकमकाे इन्टरनेट सेवा बन्द

 भदौ २२, २०७८ मंगलबार १४:२०:२१ | मनिराज पाण्डे
unn.prixa.net

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरमा रहेको अप्टिकल फाइबरको तार काटिएपछि कर्णाली प्रदेशमा नेपाल टेलिकमको इन्टरनेट सेवा बन्द भएको छ ।

आज मङ्गलवार बिहान नेपाल टेलिकमको सबै सेवा बन्द भएको थियो । मर्मतपछि एनटीसीको भ्वाइस सेवा सञ्चालनमा आएको भए पनि इन्टरनेट सेवा सञ्चालन हुन सकेको छैन ।

इन्टरनेट नचल्दा बैँक तथा वित्तीय संस्थाबाट काम गर्न कठिनाइ भएको छ । जसका कारण सेवाग्राही समस्यामा परेका छन् ।

अहिले मर्मतको काम भइरहेकाले बेलुकासम्ममा सञ्चालनमा आउने नेपाल टेलिकम प्रादेशिक कार्यालय कर्णालीका प्राविधिक प्रमुख शिवराम खनालले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया