बाँकेमा वडाध्यक्षसहित १२ जनप्रतिनिधिले राेजे एकीकृत समाजवादी

 भदौ २२, २०७८ मंगलबार १८:८:३३ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – बाँकेमा नेकपा एमाले परित्याग गरी वडाध्यक्षसहित १२ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।

जिल्ला निर्वाचन कार्यालय बाँकेमा पुगेर वैजनाथ गाउँपालिकाका ४ का वडाध्यक्ष कालीबहादुर सिंहसहित १२ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेर सनाखत गरेका जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।  

कोहलपुर नगर कार्यपालिका सदस्य नारायणी वलीसहित चार सदस्य, जानकी गाउँपालिकाका दुई कार्यपालिका सदस्य, नेपालगञ्ज उपमहानगरपालिकाका एक सदस्य र खजुरा गाउँपालिकाका चार सदस्यले नेकपा एमाले परित्याग गरी नेकपा (एकीकृत समाजवादी) रोजेका हुन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया