मिथिला मध्यमा परिक्रमा सम्पन्न
चैत १, २०८१ शुक्रबार
काठमाडौं - यती एयरलाइन्सको जहाज धावनमार्गमा चिप्लिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिबार बेलुकी ८ः३० बजेदेखि बन्द भएको छ । नेपालगन्जबाट २१ जना यात्रु बोकेर काठमाडौं आइपुगेको यती एयरलाइन्सको जेट स्ट्रीम विमान धावनमार्गमा चिप्लिएको हो ।
विमानस्थल कार्यालयका अनुसार विमानमा रहेका ५ जना यात्रुलाई सामान्य चोट लागेको छ । धावनमार्गमा चिप्लिँदा विमानको पाङ्ग्रा भाँच्चिएको छ । विमान धावनमार्गमै रहेकाले विमानस्थलबाट उडान र अवतरण हुन सकेको छैन ।
बाहिरबाट आएका जहाजमध्ये केहीलाई डाइभर्ट गरिएको छ भने केही आकाशमै होल्ड भएका छन् । विमानलाई तानेर पार्किङमा ल्याउने कोसिस भैरहेको विमानस्थल कार्यालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।