मिथिला मध्यमा परिक्रमा सम्पन्न
चैत १, २०८१ शुक्रबार
काठमाडौं - शनिबार बेलुकी ८ : ३० बजेदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन । धावनमार्गमा चिप्लिएको यति एयरलाइन्सको जहाजलाई तान्न नसक्दा विमानस्थल सञ्चालनमा आउन नसकेको हो ।
विमानस्थल बन्द हुँदा राती उडान हुने जहाज स्थगित भएको छ भने राती बाहिरबाट आएका जहाजलाई दिल्ली, लखनउ लगायतका ठाउँमा डाइभर्ट गरिएको छ ।
विमानस्थल खुल्न अझै कति समय लाग्छ भन्ने निश्चित नभएको विमानस्थल कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार धावनमार्गमा रहेको यतिको जहाजलाई तान्ने प्रयास भैरहेको छ । नेपालगन्जबाट २१ जना यात्रु बोकेर काठमाडौं आइपुगेको यति एयरलाइन्सको जेट स्ट्रीम विमान शनिबार बेलुकी धावनमार्गमा चिप्लिएको हो । जहाजमा रहेका यात्रु र चालक दलका सदस्य सकुशल छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।