सुन चाँदीको भाउ घट्यो

 भदौ २७, २०७८ आइतबार १२:६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – हप्ताको पहिलो दिन आज सुन चाँदीको भाउ घटेको छ ।

सुनकाे भाउ आज ४ सय रुपैयाँ घटेर तोलाको ९० हजार ३ सय रुपैयाँ तोकिएको छ । अस्ति शुक्रवार सुनकाे भाउ तोलामा ९० हजार ७ सय रुपैयाँ तोकिएको थियो ।

चाँदीको भाउ पनि आज अस्तिभन्दा तोलामा २० रुपैयाँ घटेर तोलाको ११ सय ९५ रुपैयाँ निर्धारण गरिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

अन्तिम अपडेट: असोज २५, २०७८

तपाईको प्रतिक्रिया