नवलपुरमा बस र ट्रक ठोक्किँदा तीन जनाको ज्यान गयो : २४ जना घाइते

 भदौ २९, २०७८ मंगलबार ८:२७:१० | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी - नवलपरासी–बर्दघाट सुस्तापूर्व नवलपुरमा बस र ट्रक ठोक्किँदा तीन जनाको ज्यान गएको छ ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपुरमा भएको दुर्घटनामा अरु २४ जना यात्रु घाइते भएका छन् । दुई जना महिला र एक पुरुषको ज्यान गएको तर पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

आज बिहान नवलपुरको गैँडाकोट स्मृति पुल नजिक काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेकाे सुदूरपश्चिम प्रदेश ०२–००१ नम्बरको बस र ना ६ ख ७१२६ नम्बरको ट्रक ठोक्किएका जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो ।

घाइते सबैको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ ।  
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया