चोरी भएर अमेरिका पुगेको उमामहेश्वरको मूर्ति नेपाल फर्काइयो

 भदौ २९, २०७८ मंगलबार ९:२५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालबाट चोरी भएर अमेरिका पुगेको उमामहेश्वरको मूर्ति फिर्ता आएको छ ।

कोलोराडो राज्यको डेनवरमा भएको कार्यक्रममा डेनवर आर्ट म्युजियमका अधिकारीले अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडालाई उमामहेश्वरको मूर्ति हस्तान्तरण गरेको हो।

ललितपुरको पाटनको ऐतिहासिक उमामहेश्वरको मूर्ति डेनवर आर्ट म्युजियममा १९७१ देखि प्रदर्शनमा राखिएको हो ।

राजदूत डा. खतिवडाले सङ्ग्रहालयका अधिकारीहरूलाई नेपालबाट चोरी भएर अमेरिका पुगेको मूर्ति फिर्ता गरेकोमा धन्यवाद व्यक्त गर्नु भयो।

मूर्ति हस्तान्तरण कार्यक्रममा डेनवर आर्ट म्युजियमका अधिकारीहरूसहित नेपाली दूतावासका द्वितीय सचिव उत्तम घिमिरे, तृतीय सचिव राधरमण दुवेलगायतको उपस्थिति थियो।

तस्बिर : अमेरिकी दूतावास, नेपाल

अन्तिम अपडेट: जेठ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया