ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
कालीकाेट - कालीकाेटको सदरमुकाम मान्म–खाँडाचक्र सडक खण्ड बन्द भएको छ । डोजर बोकेको ट्रक सडकमै पल्टिएपछि हिजो दिउँसोदेखि राजमार्ग बन्द भएको हो ।
नेपाल प्रहरी र स्थानीयले सडक छेउबाट सहायक सडक बनाएपछि साना गाडीहरु चले पनि मालवाहक तथा ठूला गाडीहरु सदरमुकाममै जाम लागेर बसेका छन् ।
खाँडाचक्र नगरपालिकाको शेरिघाटदेखि खडिखोल्लासम्म सडक हिलाम्मे छ । हरेक वर्ष बन्द हुने यो सडक सञ्चालनका लागि पालिकाले कुनै चासो नदेखाएको नागरिकको गुनासो छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।