तस्बिरमा हेर्नुहाेस्, नेकपा एकीकृत समाजवादीकाे पहिलाे केन्द्रीय कमिटी बैठक

 असोज ५, २०७८ मंगलबार १८:२४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) पार्टिको केन्द्रीय कमिटी बैठकमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ । आज मङ्गलवार सुरु भएको पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको हो ।

बैठकमा अध्यक्ष नेपालले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल गर्नका लागि पाँच  समूह बनाइएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो । त्यस्तै आजको बैठकमा थपिएका केन्द्रीय कमिटी सदस्यहरूलाई शपथ गराइएको पनि उहाँले जानकारी दिनुभयो ।

पार्टीको बैठक भोलि बुधवार पनि बस्ने पार्टीका प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिनुभयो । भोलिको बैठकले समसामयिक प्रस्ताव पारित गर्ने, कार्यविभाजन गर्ने उहाँको भनाइ छ ।

आवधिक कार्ययोजना बनाइ तीन महिने अभियान चलाएर देशभर पार्टी सुदृढीकरण र पार्टीलाई पुनर्जागृत गरिने योजना रहेको उहाँले बताउनुभयाे । 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया