एसीसी १९ वर्षमुनिको महिला एशिया कपमा नेपाली र श्रीलङ्काको खे...
पुस ४, २०८१ बिहिबार
काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । बिहानैदेखि देशका धेरै ठाउँमा घाम लागेको मौसमविद्ले बताएका छन् ।
मनसुन निष्क्रिय भएकाले आज र भोलि ठूलो पानी पर्ने सम्भावना छैन । तर आज बेलुका पछि भने मौसम बद्ली भइ केही ठाउँमा हल्कादेखि मध्य खालको क्षणिक वर्षाको हुन सक्ने मौसमविद् मञ्जु बासीले बताउनुभयो । मनसुनको न्यूनचापीय रेखा भारततर्फको मध्यभागमा रहेकाले तत्कालै मनसुनी प्रणाली बाहिरिने सम्भावना नरहेको उहाँले बताउनुभयो ।
मौसमविद्का अनुसार स्थानीय वायु सक्रिय हुँदा घामसँगै केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना हुन्छ । भारतबाट मनसुनी चक्र बाहिरिए पछि मात्र नेपालबाट पनि मनसुन बाहिरिने छ । ठूलो वर्षा हुने सम्भावना नरहे पनि अझै केही दिन सामान्य पानी भने पर्ने मौसमविद्को भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।