बस दुर्घटना हुँदा ६ जना घाइते

 भदौ १८, २०७५ सोमबार ८:४३:४ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको तिपेनिबाट काठमाडौंका लागि छुटेको बा ३ ख ८१४ नंम्बरको आमा ह्योल्मो यातायातको बस आइतबार बेलुका काठमाडौंको जहरसिंङ पौवामा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा सागर श्रेष्ठ, अनु थापा, तारा थापा, सन्खा गोले, दिल बहादुर राई र राजन राउत रहेको प्रहरीले जनाएको छ । दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सागर श्रेष्ठ र दिल बहादुर राई गम्भीर घाइते भएका छन् । 

घाइतेहरुको सुष्मा कोइराला मेमारियल अस्पताल, साँखु र विर अस्पतालमा उपचार भैरहेको महानगरीय  प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले जानकारी  दिनुभयो । बस चालक र सहचालक भने फरार रहेको र खाजी भैरहेको प्रहरीले जनाएको छ ।   
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया