मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रधानमन्त्री गम्भीर भएर लाग्नुभएकाे छ : नेता लेखक

 असोज ११, २०७८ सोमबार १९:३:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारुढ नेपाली कांग्रेसका नेता रमेश लेखकले मन्त्रिपरिषद् छिट्टै विस्तार हुने बताउनुभएको छ । पूर्वमन्त्रीसमेत रहनुभएका कांग्रेस नेता लेखकले मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवा गम्भीर भएर लागिपरेको दाबीसमेत गर्नुभयो ।

आज सोमवार काठमाण्डाैमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले विभिन्न राजनीतिक दलहरूको वैधानिकताले गर्दा पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुन गएको स्पष्ट पार्नुभयो । नेता लेखकले भन्नुभयो, ‘मन्त्रिपरिषद् विस्तार गर्ने कुरामा यो सरकारमा संलग्न हुने सबै राजनीतिक दलका मुख्य नेताहरूका बीचमा संवाद भइरहेको छ, छलफल भइरहेको छ र चाँडै मन्त्रिपरिषद् विस्तार हुन्छ भन्ने कुरा आग्रह गर्न चाहन्छु । ढिलो भएको छ, चाँडै गर्नुपर्छ, त्यसमा प्रधानमन्त्रीजी गम्भीर हुनुहुन्छ । मन्त्रिपरिषद्को विस्तार गरेर अगाडि बढ्न जरुरी छ । चाँडै मन्त्रिपरिषद् विस्तार हुन्छ भन्ने म यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु ।’

नेता लेखकले पार्टीको आसन्न १४ औँ महाधिवेशन तोकिएको मितिमा सम्पन्न हुने दाबीसमेत गर्नुभयो । उहाँले दशैँअघि नै देशभरका सबै वडा र पालिकास्तरको अधिवेशन सम्पन्न गर्ने गरी काम भइरहेको पनि जानकारी दिनुभयो ।

नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन आउँदाे मङ्सिर ९–१३ गते काठमाण्डाैमा हुँदैछ । तोकिएकै मितिमा महाधिवेशन सम्पन्न हुने नेता लेखकको दाबी छ । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया