स्याङ्जा : आँधीदोभानमा राखिएका ८ स्टिमर पहिराेमा पुरिए

 असोज ११, २०७८ सोमबार २०:४:४ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७ मा रहेको आँधीदोभानमा राखिएका आठ वटा स्टिमर पुरिएको छ । 

कालीगण्डकी जल यातायात प्रा.लि. अन्तर्गत सञ्चालित ती स्टिमर आइतवार राति झरेको पहिरोका कारण पुरिएको प्रा.लि. का अध्यक्ष डोलराज भट्टराईले जानकारी दिनुभयो ।

कोरोना र वर्षाका कारण स्टिमर सेवा भने बन्द थियो । आज–भोलिमै स्टिमर सञ्चालन गर्ने भनी सरसफाइ र मर्मतको तयारी पूरा भएको अवस्थामा पहिराले स्टिमर पुरेको उहाँले बताउनुभयो । 

कालीगण्डकी ए विद्युत् उत्पादनका लागि निर्मित कृत्रिम तालमा स्टिमर सञ्चालन हुँदै आएको थियो । यहाँ साना र ठूला गरी १० वटा स्टिमरसहित दुई वटा माउन्ट मकालु नामक पानीजहाज छन् । जल यातायात सेवा स्याङ्जा, पर्वत र गुल्मीमा केही वडावासीको भरपर्दो, छिटो छरितो र सहज मार्ग हो । 

अन्तिम अपडेट: चैत १३, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया