त्रिभुवन विमानस्थलमा अवतरण हुनै लाग्दा कतार एअरको जहाज ‘ओभरसुट’
असोज १७, २०८० बुधबार
डाेटी – तीन वर्षीया बालिका बलात्कार गरेको आरोपमा जिल्लामा एक जना बालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा जिल्लाको सायल गाउँपालिकाका १७ वर्षीय युवक रहेका छन् ।
सोमबार दिउँसो बालिकाले पानी मागेपछि आफ्नो घरभित्र लगी पानी खुवाउने बहानामा बलात्कार गरेको पीडित भनिएका पक्षको आरोप छ । घटनाबारे सूचना पाएपछि लगत्तै प्रहरीले विस्तृत खोज अनुसन्धान शुरु गरेको थियो । प्रहरीको खोजीमा रहेका ती किशाेर सोमबारदेखि नै फरार रहेका भए पनि मङ्गलबार साँझ जिल्लाको शिखर नगरपालिका–११ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आरोपीलाई पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरीले आफ्नाे नियन्त्रणमा राखेको र पीडित बालिकाको स्वास्थ्य उपचारपछि आफन्तको जिम्मा लगाइएको बताइएको छ ।