स्याङ्जा : रोकी राखेको ट्र्याक्टर अचानक गुडेर ठक्कर दिँदा एक जनाकाे ज्यान गयाे

 असोज १५, २०७८ शुक्रबार ८:४७:३६ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - स्याङ्जामा रोकी राखेको ट्र्याक्टरले अचानक गुडेर ठक्कर दिँदा हिजो बेलुकी एक पैदलयात्रीको ज्यान गएको छ ।

आँधीखोला गाउँपालिका-५ को भित्री सडकमा रोकी राखेको ग १ त ३१७८ नम्बरकाे ट्र्याक्टर ओरालाेमा अचानक गुडेर ठक्कर दिँदा ४५ वर्षीया माया विकको ज्यान गएको स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो।

विकको उपचारका क्रममा ज्यान गएकाे प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: चैत ८, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया