सुक्खा पहिरोले बन्द पृथ्वी राजमार्गको गल्छी खण्ड एकतर्फी खुल्याे

 असोज २१, २०७८ बिहिबार २०:२५:१ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – सुक्खा पहिरोले बन्द पृथ्वी राजमार्गको गल्छी खण्ड एकतर्फी खुलेको छ । पहिरोले रोकिएका गाडी खुलेपछि गन्तव्यतर्फ लागेका छन् ।

हिजाे बुधवार राति सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्गको गल्छीमा गाडी रोकिएका थिए । झन्डै १० किलोमिटरसम्म गाडीको लाइन लागेको थियो ।

सडक विभाग र एक्स्काभेटरले पहिरो हटाएको गल्छी गाउँपालिका ७ का वडाध्यक्ष हरि खतिवडाले बताउनुभयो ।

यसैबीच नौबिसे–नागढुङ्गा सडकमा गाडी बिग्रिएपछि अरू गाडीलाई समस्या भएको छ । अहिले गाडीको चाप बढेको छ । बुटबल–नारायणगढ तथा नारायणगढ–काठमाण्डौ सडकमा बेला बेला पहिरो आउने र गाडी बीच बाटोमै बिग्रने कारण दशैँका लागि घर तथा गन्तव्यमा हिँडेका यात्रुले सास्ती खेप्दै आएका छन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया