जमुनाह नाकामा तालिमप्राप्त कुकुर

 असोज २३, २०७८ शनिबार १३:२:६ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेपालगञ्जको जमुनाह नाकामा शनिबार बिहानैदेखि तालिमप्राप्त कुकुरसहितको  सुरक्षा जाँच सुरु भएको छ ।

दशैं तिहार लक्षित विशेष सुरक्षा योजना अन्तर्गत शनिबार नेपाल–भारतसँग जाेडिएकाे जमुनाह नाकामा तालिमप्राप्त कुकुरहरुको सहयोगमा नेपाल भित्रिने यात्रुहरुलाई जाँच गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

भारतबाट नेपाल प्रवेश गर्ने तथा नेपालबाट बाहिरिने यात्रु र सवारी साधनको जाँच गरिएको हो । कर्णाली प्रदेश प्रहरी केनाइन शाखाको डगहेन्डलरसहित सुरक्षाकर्मीहरु सीमानाकामा खटिएका छन् । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया