सुनसरी : थुनुवाको ज्यान गएपछि झडप, प्रहरीसहित १० जनाभन्दा धेरै घाइते

 असोज २४, २०७८ आइतबार १२:०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी - प्रहरी हिरासतमा रहेका थुनुवाको ज्यान गएको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय सुनसरी परिसरमा झडप भएको छ ।

पीडितका आफन्त र प्रहरीबीच झडप भएको हो । प्रहरीले आधा दर्जनभन्दा बढी अश्रुग्यास समेत प्रहार गरेको छ । झडपमा प्रहरीसहित १० जनाभन्दा धेरै घाइते भएका छन् । प्रदर्शनकारीले पूर्व-पश्चिम राजमार्ग बन्द गरेका छन् ।

अभद्र व्यवहार मुद्दामा पक्राउ परेका भोक्राहा-५ का मोहम्मद हकिम साह अनुसन्धानको क्रममा थुनामा थिए । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले घटना अनुसन्धानको क्रममा रहेकाले छानबिन हुने बताउनुभएको छ ।

झडपका क्रममा प्रहरी कार्यालय र परिसरका संरचनामा क्षति समेत पुगेको छ । इनरुवा बजार क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया