चितुवाको आक्रमणबाट तनहुँमा एक बालिकाको ज्यान गयाे

 असोज २५, २०७८ सोमबार १९:४०:२५ | समुद्र पौडेल
unn.prixa.net

प्रतिकात्मक तस्बिर

तनहुँ – तनहुँमा आज सोमवार बेलुकी चितुवाको आक्रमणबाट एक बालिकाको ज्यान गएको छ । बन्दीपुर गाउँपालिका ५ बाहुन भन्ज्याङकी ९ वर्षीया स्मृति थापा मगरको चितुवाको आक्रमणबाट ज्यान गएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिनुभयाे । 

बजारबाट घर फर्किँदै गरेको अवस्थामा चितुवाले आक्रमण गरेर बालिकाको ज्यान गएकाे डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले पुष्टि गर्नुभयाे । 

बालिकाको शव दमौली अस्पतालमा ल्याउने तयारी भइरहेको छ । 

अन्तिम अपडेट: चैत ७, २०८०

समुद्र पौडेल

समुद्र पौडेल तनहुँका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया