मानव अधिकार आयोगका कार्यालय दशैँ, तिहार र छठ बिदामा पनि खुल्ला रहने

 असोज २६, २०७८ मंगलबार १०:२४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश र प्रदेशका शाखा कार्यालयहरू दशैँ, तिहार र छठ बिदाका दिनमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला हुने भएको छ ।

आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलका अनुसार नागरिकको मानव अधिकार संरक्षणको कार्यलाई ध्यानमा राखेर आयोगले विगतमा झैँ यस वर्ष पनि बिदामा आयोग खुल्ला रहनेछ ।

यस अवधिमा आयोगले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूमा उजुरी लिने तथा आवश्यकतानुसार गम्भीर प्रकृतिका घटनाको आवश्यक अनुगमन समेत गर्ने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया