काठमाण्डौको असनका स्थानीय बासिन्दाले आज विजया दशमी मनाउने

 असोज ३०, २०७८ शनिबार ७:५४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको असनका स्थानीय बासिन्दाले आज मात्र विजया दशमीको टीका थाप्छन् ।

हरेक वर्ष एकादशीका दिन असनका बासिन्दाहरुले मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी विजया दशमी मनाउने गर्दछन् । 

आज नै असनमा तुलाधर समुदायको सबैभन्दा कान्छो कुमार बालकको अगुवाइमा खड्ग जात्रा निकालिने गरिन्छ । 

असनमा रहेको अन्नपूर्ण अजिमाको मन्दिर नजिकै रहेको आगम घरबाट दिउँसो १ बजेपछि खड्ग जात्रा निस्कने स्थानीय रोशन तुलाधरले बताउनु भयो। 

असन बाहेक अन्य क्षेत्रमा भने हिजै विजया दशमी मनाइएको छ । विजया दशमीको दिन हिजो टिका लगाउन छुटेकाहरूले आज पनि आफ्ना मान्यजन र आफन्तहरूबाट टीका थापेर आर्शीवाद लिँदै छन्।

घटस्थापनाका दिन दशैँ घरमा विधिपूर्वक स्थापना गरी दुर्गा भवानीको पूजा–आराधना गरिएको टीका, जमरा र प्रसाद पूर्णिमासम्म नै आफूभन्दा ठूलाहरूको हातबाट थापेर आशीर्वाद लिने गरिन्छ ।

आफूभन्दा अग्रज मान्यजनहरूको हातबाट टीका ग्रहण गर्दा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने विश्वास रहि आएको छ ।

ठूलाले सानालाई टीका लगाइ आशीर्वाद दिने दशैँलाई, आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको रूपमा लिने गरिन्छ ।

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया