सुनको भाउ आज एकैदिन एक हजार नौ सय रुपैयाँले बढ्यो, तोलाको ...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै - हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१५ रातमाटेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा रहेका दुई जनाको ज्यान गएको छ ।
गएराति नारायणगढबाट काँकडभिट्टाका लागि छुटेको ना ६ ख ७६९ नम्बरको बसले ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा रहेका हेटौँडा–१५ बस्ने १८ वर्षीय प्रकाश दियाली र हेटौँडा–३ बस्ने २२ वर्षीय सुशान्त दियालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले बताउनुभयो ।
मोटरसाइकलका चालक को हुन् भन्ने खुलेको छैन । बस चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।