जीप दुर्घटनामा ५ जना घाइते, २ को अवस्था गम्भीर

 असोज ३०, २०७८ शनिबार १५:३४:१२ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – स्याङ्जाको गल्याङमा जीप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । 

गुल्मीको हर्मिचौरबाट बुटवलका लागि छुटेकोे लु ३ च ४१९१ नम्बरको बलेरो जीप शनिबार सिद्धार्थ राजमार्गको गल्याङ नगरपालिका २ जिरो किलोमिटर नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक अर्जुन बिकले जानकारी दिनुभयो । उहाँका अनुसार जीपमा ६ जना सवार भएकोमा २ जनाको अवस्था गम्भीर रहेको छ । 

घाइतेहरुको गल्याङ नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जीप सडकदेखि १५० मिटर तल खसेको छ । 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया