थप १ सय ४७ जनामा कोरोना पुष्टि, ८ सय ४५ जना निको

 असोज ३०, २०७८ शनिबार १६:४१:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा थप एक सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आठ सय ४५ जना निको भएका छन् । एक हजार सात सय ७३ जनाको नमूना परीक्षण गर्दा जम्मा एक सय ४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज परीक्षण गरिएका नमूनामध्ये आठ दशमलव २९ प्रतिशतमा संक्रमण देखिएको छ । अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या आठ लाख ९८ हजार आठ जना पुगेको छ । यस्तै थप आठ सय ४५ जनासहित संक्रमणमुक्त हुनेको संख्या सात लाख ८० हजार सात सय ७६ जना पुगेको छ । २४ घण्टामा थप एकजनासहित कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार दुई सय ७८ जना पुगेको छ ।

अहिले १२ हजार पाँच सय ९८ जना सक्रिय संक्रमित रहेकोमा तीन सय सात जनाको आईसीयू र ९७ जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया