साेलुखुम्बुकाे माथिल्लो भेगमा हिमपात, जनजीवन प्रभावित

 कात्तिक २, २०७८ मंगलबार १९:२६:३८ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुको उच्च हिमाली भेगमा हिमपात भएको छ । निरन्तरको वर्षासँगै आज मङ्गलवारदेखि जिल्लाको चार हजार मिटरभन्दा माथिल्लो क्षेत्रमा हिमपात भएको स्थानीयवासीले बताएका छन् ।

नाम्चेका लामाकाजी शेर्पाका अनुसार कोङदे, थामसेर्कु, आमादब्लम लगायतका क्षेत्रमा हिमपात भइरहेकोे छ । नाम्चे, लुक्ला, खुम्जुङ, थामेसहितका क्षेत्रहरूमा हिजाे सोमवार दिउँसोदेखि निरन्तर वर्षा र हिमपात हुँदा चिसो अत्यधिक बढेको छ । 

​वर्षा र हिमपातका कारण पर्यटकहरू अघि बढ्न सकेका छैनन् । हिमपातका कारण खुम्बुको माथिल्लो क्षेत्र सेताम्मे बनेको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयो ।  

लगातारको पानी र हिमपातका कारण मानिसहरूको जनजीवन प्रभावित बनेकाे छ ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया