राप्ती नदीमा फसेका चार जनाको उद्धार

 कात्तिक २, २०७८ मंगलबार १९:३६:३१ | गोविन्द शर्मा
unn.prixa.net

साङ्केतिक तस्बिर

बाँके – बाँकेमा राप्ती नदीको बाढीमा फसेका चार जनाको उद्धार गरिएको छ । 

हिजाे सोमवार बेलुकी नदीपारि वनकरेली टिप्न गएका डुडुवा गाउँपालिका ४ का चार जना स्थानीयवासीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे टाेलीले आज उद्धार गरेको हाे । उनीहरू रातभरि नदीपारि फसेका थिए ।  

उद्धार गरिएकाहरूमा ५५ वर्षीय सोखत नाउ, ४५ वर्षीय सव्विर खा, ३० वर्षीय प्रमोद लोनिया र ६० वर्षीय नाजिर खा रहेका इलाका प्रहरी कार्यालय कम्दीका प्रहरी नायब निरीक्षक (सई) गोपाल शर्माले जानकारी दिनुभयो । 

अन्य तीन जना भने हिजाे नै नदी पाैडेर वारि आउन सफल भएका थिए ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया