अमेरिकाले ब्यालेस्टिक मिसाइलमा संलग्न पाकिस्तानका चार कम्पनीला...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै - आज पनि देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएर देशका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
पानी पार्ने प्रणाली नेपालमा अहिले नभए पनि स्थानीय वायुको प्रभावका कारण देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएर वाग्मती प्रदेश, प्रदेश-१ र २ का केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।
उहाँका अनुसार पोष्ट मनसुनको समयमा पनि केही लक्ष्यण प्रि-मनसुनको समयमा जस्तै देखिने भएकाले छिनमै मौसम बद्ली हुने गर्छ । तर प्रि-मनसुनमा जस्तो पोष्ट मनसुनमा भने हावाहुरी र चट्याङ्गसहितको पानी पर्ने सम्भावना त्यति नहुने उहाँले बताउनुभयो ।
मनसुन पछिको एक, दुई महिनाको समयलाई पोष्ट मनसुन भन्ने गरिन्छ । त्यही कारण काठमाण्डौसहित केही पहाडी भेगको मौसम अहिले धुम्मिएको जस्तो देखिएको छ । दिउँसो धुम्मिएको बादल हटेर अलि सफा हुनेछ र एक छिन घाम लाग्ने र फेरि बद्ली हुने सम्भावना रहेको उहाँले बताउनुभयो ।
भोलि बेलुकासम्मको मौसम लगभग यस्तै हुने मौसमविद् प्रधानाङ्गले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।