मेरापिकमा बेपत्ता शेर्पाको खोजी गर्न उद्धार टोलीसहित पुगेको हेलिकप्टर अवतरण हुन सकेन

 कात्तिक ६, २०७८ शनिबार १७:११:४१ | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु – सोलुखुम्बुको मेरापिक क्षेत्रमा बेपत्ता छेतेन शेर्पाको खोजीका लागि पुगेको हेलिकप्टर अवतरण हुन नसकेपछि फर्किएको छ । पाँच दिन देखि बेपत्ता शेर्पाको खोजीका लागि आज तालिम  प्राप्त उद्धार टोलीसहित सोलुखुम्बु पुगेको हेलिकप्टर मौसम प्रतिकूलताका कारण लुक्लामा अवतरण हुन नसक्दा पुनः काठमाण्डौ फर्किएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार छेतेनको खोजीका लागि पेम्बा वाङ्छु शेर्पाको नेतृत्वमा ७ जनाको तालिम प्राप्त उद्धार टाेली खटिन लागेको हो । सात जनामध्ये टोलिका ३ जना काठमाण्डौबाट लुक्ला पुग्ने र त्यहाँ रहेका एक जनासहित ४ जना हेलिकप्टर मार्फत मेरापिक जाने कार्यक्रम छ । तीन जनाको टोली मेरापिक भन्दा केही तल खारेमा रहेको शाहीले जानकारी दिनुभयो । 

 


अन्तिम अपडेट: चैत १५, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया