धादिङकाे गजुरीमा गुडिरहेको बसमा आगलागी

 कात्तिक ७, २०७८ आइतबार ७:४२:१२ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी बजारमा गुडिरहेको यात्रुबसमा आगलागी भएको छ।

३६ जना यात्रु लिएर सुर्खेतबाट काठमाण्डौका लागि छुटेको ना ६ ख १४७१ नम्बरको बसमा आज बिहान ४ बजेतिर आगलागी भएको हो।

बसका यात्रु सकुशल रहेका छन् । तर बस र बसमा रहेको सामान भने जलेर नष्ट भएको प्रहरीले जनाएको छ । बसको इञ्जिनबाट धुवाँ निस्किने बित्तिकै बस रोकेर यात्रुहरु बाहिर निकालेका कारण मानवीय क्षति हुनबाट जोगिएको हो ।  

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया