महाधिवेशनको मिति फेरि सार्ने तयारीमा नेपाली कांग्रेस

 कात्तिक १०, २०७८ बुधबार ७:४४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसले १४औं महाधिवेशनको मिति फेरि सार्ने तयारी गरेको छ । केन्द्रीय निर्वाचन समिति र कांग्रेस पदाधिकारीबीच हिजो भएको बैठकमा महाधिवेशनको मिति सार्ने विषयमा छलफल भएको हो ।

बैठकमा सभापति शेरबहादुर देउवाले मंसिर नकट्नेगरी महाधिवेशनको कार्यतालिका बनाएर ल्याउन निर्वाचन समितिलाई निर्देशन दिनुभएको छ । कांग्रेसको निर्वाचन समितिले १३ जिल्लामा वडा अधिवेशन नभएकाले तिहारअघि नै ती जिल्लामा वडा अधिवेशन गर्ने वातावरण बनाउन नेतृत्वलाई ध्यानाकर्षण गराएको छ ।

कांग्रेसले अहिलेसम्म ७७ जिल्लामध्ये ६४ जिल्लामा मात्रै वडा अधिवेशन गरेको छ । बाँकी १३ जिल्लामा अझै पनि वडा अधिवेशन सुरु हुने वातावरण बनेको छैन । प्रदेश २ का आठ जिल्लासहित डोल्पा, सुर्खेत, कैलाली, बाँके र रसुवामा वडा अधिवेशन भएका छैनन् । तीमध्ये रसुवा र रौतहटको क्रियाशील सदस्यतासमेत टुंगो लाग्न बाँकी छ । कांग्रेसले २१ हिमाली जिल्लामा दशैँअघि नै जिल्ला अधिवेशन गर्ने भनिए पनि १३ जिल्लामा मात्रै सकिएको छ । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया