काठमाण्डौको नयाँबानेश्वर–तीनकुने अन्तर्गतको सडकको खाल्डो पुर्न एक हप्ता लाग्ने

 कात्तिक १०, २०७८ बुधबार १२:५४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौको नयाँबानेश्वर–तीनकुने अन्तर्गतको सडकमा भएको खाल्डो पुर्न एक हप्ता लाग्ने भएको छ । सडकको खाल्डो पुर्नु अगाडि ढलको काम सकेर नयाँ मंगाल बनाउनु पर्ने र यो मंगाल सुकेपछि मात्रै पुर्न मिल्ने भएकाले खाल्डो पुर्न एक हप्ता लाग्ने भएको हो ।

हिजोदेखि ढलको काम सुरु गरिएको काठमाण्डौ सडक डिभिजन कार्यलय प्रमुख नारायणप्रसाद निहुरेले बताउनुभयो । उहाँका अनुसार एकातिर ढल बगिरहन दिने र समानान्तर तरिकाले मंगालको निर्माण भइरहनेछ । मंगालको काम सकेपछि मंगाल छोप्न माटो राखिने अनि गिट्टी राखेपछि यसमाथि रोलर चलाएर संरचना बलियो बनाइनेछ । यसपछि फेरी पिच राखेर रोलरले पेलेपछि मात्रै सडक मर्मतको काम सकिन्छ । सडकमुनि रहेको ढल निकासको मंगालका कारण यस खण्डको सडकमा खाल्डो भएको प्रमुख निहुरेले बताउनुभयो ।

 वर्षाका कारण ढलमा एक्कासि पानीको चाप बढ्दा मंगाल भत्किएको हुनसक्ने उहाँको भनाइ छ । `ढलको चाप धान्न नसकेर पुरानो मंगाल भत्कियो र यसबाट चुहिएको पानीले सडकभित्र ठूलो खाल्डो पारेको देखिन्छ´ उहाँले भन्नु भयो । अहिले यस सडकखण्डमा एकतर्फी मात्रै गाडी सञ्चालन भइरहेको छ । गएको सोमबार यस सडकमा खाल्डो परेको थियो । यो खाल्डो काठमाण्डौ महानगरपालिका वडा नम्बर ३२ को माइतीघर–तीनकुने सडकको सिभिल अस्पताल र यातायात व्यवस्था कार्यालय बीचको भागमा भएको छ ।

काठमाण्डौ उपत्यका सडक विस्तार आयोजनाले टुन्डी–रमण–बिरुवा नामक संयुक्त निर्माण कम्पनीमार्फत् झण्डै ६ वर्ष अघि ५० करोड रुपैयाँ लागतमा यो सडकको निर्माण कार्य सम्पन्न भएको हो । 
 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया